नेविसंघ र तरुण दलको अध्यक्ष नियुक्तिप्रति असन्तुष्ट पक्षधरले बोलायो छुट्टै भेला

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौं - नेपाल विद्यार्थी संघ र तरुण दलको अध्यक्ष नियुक्तिप्रति असन्तुष्ट पक्षधरले आफ्नो छुट्टै भेला बोलाएका छन् । चैत १४ गते बोलाइएको भेलामा नेविसंघका पूर्व अध्यक्षदेखि देशैभरिका प्रतिनिधिहरू सहभागी हुनेछन् । गत बुधवार सभापति शेरबहादुर देउवाले नेविसंघ र तरुण दलको अध्यक्षको मनोनयनप्रति शेखर कोइराला पक्षले असन्तुष्ट जनाएको थियो । सो असन्तुष्ट पक्षको बैठकले सो निर्णय लिएको हो । नेविसंघका पूर्वसभापति रञ्जित कर्णले भने - 'सभापतिज्यूले एकलौटी रूपमा नेविसंघ र तरुण दलको सभापति मनोनीत गरेको विषयप्रति हाम्रो गम्भीर आपत्ति छ । त्यसको प्रतिवाद गर्नका लागि १४ चैतमा काठमाडौंमा अलग भेला राखेका छौं ।'
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०१:२१
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार