हाम्रो खिसिट्युरी गर्नेको हविगत चुनावमा देखिनेछ : माधव नेपाल

शुक्रबार, मंसिर ९, २०७९

काठमाडौँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूहरुलाई अहिले खिसिट्युरी गर्नेहरुको हविगत आगामी चुनावमा देखिने बताएका छन् ।

होलीको अवसरमा पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरिएको कार्यक्रममा अध्यक्ष नेपालले वैशाख ३० मा हुने चुनावमा कलमले कमाल देखाउने बताउँदै आफूहरुलाई खिसिट्युरी गर्नेहरुको हरिबिजोग हुने दाबी गरे ।

उनले भने, ‘घण्मडको पोको भएको रावणको नास भएजस्तै, होलिका दहन भएजस्तै त्यस्ताहरुको नास हुने छ ।’

उनले समाजवादीको चुनाव चिह्न कलम सत्य र न्यायको प्रतीक भएको पनि उल्लेख गरे ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ००:३४
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार