राप्रपा नेपालको चुनाव चिन्ह 'तिर'

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौं - राप्रपा नेपालको चुनाव चिन्ह 'तिर' राखिएको छ । बुधबार पार्टी अध्यक्ष कमल थापाले सामाजिक सञ्जालमार्फत राप्रपा नेपालको चुनाव चिन्ह 'तिर' को तस्बिर शेयर गर्दै सो जानकारी गराएका हुन् । उनले सनातन संस्कृति एवं पौराणिक मान्यतामा 'तिर' लाई शक्ति, बहादुरी र लगनशीलताको प्रतिक मानिने बताएका छन् । 'तिर' मा प्राप्त हुने प्रत्येक मत सकारात्मक परिवर्तनको आधार हुने उनको भनाई छ । केही समयअघि कमल थापा राप्रपा त्यागेर राप्रपा नेपालमा गएका थिए । उनले लेखेका छन् - 'सनातन संस्कृति एवं पौराणिक मान्यतामा "तिर" लाई शक्ति, बहादुरी र लगनशीलताको प्रतिक मानिन्छ । अहिले हामीलाई चाहिएको त्यहि हो । "तिर" मा प्राप्त हुने प्रत्येक मत सकारात्मक परिवर्तनको आधार हुनेछ'
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०१:०६
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार