कुलमान घिसिङविरुद्धको रिटमा सुनुवाइ हुँदै

शुक्रबार, मंसिर ९, २०७९

काठमाडौं - नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्धको रिटमा आज सुनुवाई हुने भएको छ । 

प्राधिकरणकै कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दिएको रिटमा आज सुनुवाई हुने भएको हो । उनले गएको भदौ १ गते घिसिङविरुद्ध अदालतमा रिट दायर गरेका थिए । 

शाक्यको पदावधि नसकी हटाउने मन्त्रिपरिषद्को निर्णय गैरकानुनी भएको उनको भनाई छ । सुनुवाइका लागि न्यायाधीशहरू मीरा खड्का र डा।कुमार चुडालको संयुक्त इजलासमा रहेका छन् ।


प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ००:३४
प्रतिक्रिया दिनुहोस्