एमाले अध्यक्ष ओली पोखरा पुगे

शुक्रबार, मंसिर ९, २०७९

काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पोखरा पुगेका छन् । एमाले गण्डकी प्रदेश कमिटीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन उनी त्यहाँ पुगेका हुन् । 

मंगलबार एमाले गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ । सोही कार्यक्रममा विभिन्न पार्टी परित्याग गर्ने नवप्रवेशीलाई उनले पार्टीमा प्रवेश गराउने पनि बताइएको छ । स्थानीय तहको निर्वाचनको तयारीसँगैओली अहिले देश दौडाहमा लागेका छन् ।

यसअघि ओली सोमबार नवलपरासी पूर्वको मध्यविन्दु वहुमुखी क्याम्पसमा आयोजिक कार्यक्रममा पुगेका थिए । 

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ००:३३
प्रतिक्रिया दिनुहोस्