गुल्मीमा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु एक घाइते

शनिबार, वैशाख २२, २०८१

गुल्मी - गुल्मीमा माटोको ढिस्कोले पुरिएर एक जनाको ज्यान गएको छ । रेसुङ्गा नगरपालिका-१४ पराल्मी चौराहामा माटो खन्ने क्रममा ढिस्कोले पुरिएर स्थानीय बर्ष ५५ कि बिस्नु रानाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । पराल्मीका ६ जना घर लिप्ने माटो खन्न गएका थिए ।

 अचानक माथी बाट माटोको ढिस्को खसेपछि मृतक बिष्णु राना र बर्ष ५४ की हुमकला राना गम्भीर घाइते भएका थिए ।दुबैजना देउराली र जेठानी हुन । गुल्मी अस्पताल तम्घास गुल्मीमा उपचारको क्रममा रानाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवत्ता प्रहरी नायब उपरीक्षक शकर पोख्रेलले बताए ।  

घाइते रानाको उपचार भैरहेको छ । तत्काल प्रहरी निरीक्षक किरण सापकोटाको कमाण्डमा खटिएको प्रहरी टोलि घटना स्थल पुगेको थियो ।

प्रकाशित मिति: शनिबार, वैशाख २२, २०८१  १९:४०
प्रतिक्रिया दिनुहोस्