प्रधानन्यायाधीशविरुद्धको महाअभियोग लोकतन्त्रमाथिको हमलाको निरन्तरता, प्रतिवाद गर्नुपर्छ - एमाले (भिडियो)

बुधबार, मंसिर ७, २०७९

काठमाडौं - नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध ल्याइएको महाअभियोगको प्रस्तावलाई लोकतन्त्रमाथिको निरन्तर हमलाको रुपमा लिनुपर्ने बताएका छन् ।

सोमबार नयाँबानेश्वरस्थित संसद भवनमा बसेको एमाले संसदीय दलको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सो कुरा गरेका हुन् । एमालेका प्रमुख सचेतक विशाल भट्टराईका अनुसार ओलीले सत्तारुढ गठबन्धनबाट भइरहेको लोकतन्त्रमाथिको हमलाको निरन्तरता रहेको बताएका छन् । 

एमालेका प्रमुख सचेतक भट्टराईले प्रधानन्यायाधीश जबरालाई जोगाउनुपर्छ भन्ने एमालेको धारणा नभएको पनि बताए । ओलीको भनाई उद्धृत गर्दै भट्टराईले भने - 'अदालतलाई अस्थिर बनाउने रहने, निर्वाचन सार्ने र एमसीसी पारित गर्ने तीन कारण देखिएका छन् । यसको एमालेले प्रतिवाद गर्नुपर्छ ।'

  

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १२:०५
प्रतिक्रिया दिनुहोस्