सन्दीपको मुद्दा आज पनि ‘हेर्न नमिल्ने’मा

आइतबार, वैशाख २३, २०८१

काठमाडौं - क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदन मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा परेको छ । लामिछानेको मुद्दा पाटन उच्च अदातदतका मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुङगेलको इजलासमा पेशी तोकिएको थियो । तर, पहिलो नम्बरमा पेशी तोकिए पनि यो मुद्दा हेर्न नमिल्ने सूचीमा राखिएको हो ।

काठमाडौं जिल्ला अदालतले सन्दीपले गौशाला २६ (छ) लाई जबर्जस्ती करणी गरेको ठहर गर्दै आठ वर्ष कैद र तीन लाख रुपैयाँ जरिबाना तथा थप दुई लाख क्षतिपूर्तिको फैसला गरेको थियो । न्यायाधीश शिशिरराज ढकालको इजालसले गरेको फैसलाविरुद्ध सन्दीपले गएको फागुन १० गते पुनरावेदन गरेका थिए ।

प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  १२:००
प्रतिक्रिया दिनुहोस्