सरकार बेलैमा नसच्चिए देशव्यापी आन्दोलन थाल्ने ईश्वर पोखरेलको चेतावनी (भिडियोसहित)

बुधबार, मंसिर ७, २०७९

काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सरकार बेलैमा नसच्चिए देशव्यापी आन्दोलन थाल्ने चेतावनी दिएका छन् । 

शनिबार प्रेस चौतारी स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उपाध्यक्ष पोखरेलले सो कुरा गरेका हुन् । उनले सरकारले संवैधानिक व्यवस्थाको उलंघन गरिरहेको आरोप लगाए । 

उनले भने - 'श्रीमानले बनाएको सरकारका प्रधानमन्त्रीले संविधानमा किटानी गरिएको व्यवस्थालाई उल्लघंन गर्ने धृष्टता गर्दै छन् । कानुनलाई उल्लघंन गर्ने धृष्टता कादापी स्वीकार्य हुने छैन ।'  

उपाध्यक्ष पोखरेलले सरकारले स्थानीय तहको निर्वाचन कानुनमा तोकिएको समय भित्रै गर्नूपर्ने बताए। पोखरेलले पाँच दलीय गठबन्धनमा आवद्ध दलहरूमा विचारको समानता नभएको बताए । 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  २१:२३
प्रतिक्रिया दिनुहोस्