प्रचण्ड र माधव जस्ता पुच्छर बोकेर नहिड्न महेश बस्नेतको देउवालाई आग्रह (भिडियो)

शुक्रबार, मंसिर ९, २०७९

काठमाडौं - नेकपा एमालेका नेता महेश बस्नेतले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले प्रचण्ड र माधव नेपाल जस्ता दुई वटा पुच्छर बोकेर हिडेको बताएका छन् । बुधबार 'स्थानीय तह निर्वाचन, संवैधानिक व्यवस्था र अबको राजनीति' विषयक बहसमा बोल्दै बस्नेतले सो कुरा गरेका हुन् । 

उनले कहिलेकाही बाँदरको पुच्छर टेकेर हिड्दा लौरा र हतियार दुवै काम नगर्ने भन्दै बस्नेतले प्रचण्ड र माधवलाई आधार मानेर देउवाले निर्वाचन नगर्ने प्रक्रियामा जान नहुने बताए ।

उनले भने - "प्रधानमन्त्रीज्युसँग सकरात्मक छु । किनभने उहाँले जेठ ४ गते निर्वाचन गर्ने एउटा कमिटमेन्ट निर्वाचन आयोगसँग गर्नु भो । कहिलेकाही बाँदरको पुच्छर टेकेर हिड्दा लौरोको पनि काम गर्दैन हतियारको पनि काम गर्दैन भन्ने हाम्रो भनाई हो । "

उनले थपे - "प्रचण्ड र माधव नेपाल कमरेड यस्ता दुई वटा पुच्छर बोकेर उहाँले बोकेर हिड्नु भएको छ । न लौरोको काम गर्छ । न कुनै हतियारको काम गर्छ । उहाँहरुलाई आधार मानेर उहाँले निर्वाचन नगर्ने प्रक्रिया गर्नुहुँदैन ।"

उनले एमालेमाथि प्रहार गर्दा कतिपय दलहरुलाई स्वाद परेको बताउदै उनले सिस्टममाथि नै प्रहार हुन खोज्दैछ । 

उनले भने - "कानुनका छिद्रहरुलाई अध्यादेशमार्फत भाँडभैलो गर्ने, विगतमा हाम्रा अनुभवहरुलाई तोड्ने । संविधान र कानुनका धारा उपधाराहरुलाई बलियो भनाउने होइनकी त्यसलाई कमजोर बनाउने अभियान जुन शुरु भयो । मलाई लाग्छ, आज एमालेविरुद्द गठबन्धन बनाएर एमालेमाथि प्रहार गर्दा कतिपयदलहरुलाई स्वाद परेको होला । तर मलाई लाग्छ सिस्टममाथि नै प्रहार हुन खोज्दैछ ।"

प्रदीपकुमार ज्ञवाली
नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले आफ्नो नजरमा एमसिसी एउटा विकास परियोजना मात्रै भएको बताएका छन् । उनले जानी जानी सत्ता गठबन्धनका नेताहरूले एमसीसी परियोजनालाई भूराजनीतिक प्रतिस्पर्धाको विषय बनाएको बताए । उनले भने - "अहिले मुलुक अप्ठ्यारो स्थितिमा छ। यही बेला सत्तामा रहनुभएका नेताहरु जानी जानी एकखालको भू–राजनीतिक द्वन्द्व निम्त्याउदै हुनुहुन्छ"

उनले देश गम्भिर अवस्थातीर गइरहेको बताउदै उनले यसको निकास ताजा जनादेशबाट मात्रै हुने बताए । उनले भने ( ूहिजोको जनादेश खण्डित भएकै हो । त्यही भएर नै हामि ताजा जनादेशको माग गरेर प्रतिनिधि सभाको विघटनको निष्कर्षमा पुगेका हौं । किन हिजो हामिले एमाले र माओवादी गठबन्धन गरेर गठबन्धनको पक्षमा भोट माग्यौं ।ू

उनले थपे - "त्यो गठबन्धन टिक्न नसकेपछि अब गठबन्धन पुरानो जनादेश खण्डित भयो । ताजा जनादेशमा जाउँ भनेर हामिले भन्यौं । डिस्नेरीमा भएभरका गाली हामिले खेप्नुपर्यो । के के मात्र भनिएन प्रतिगामी, हिटलर । ताजा जनादेशमा जाने प्रयास असफल भयो । तर हामिले भनेको निष्कर्ष तर सहि रहेछनी त ।"

स्थानीय तहको निर्वाचनमा एमाले एक्लै लड्ने बताउदै उनले एमालेले गरेको कामको आधारमा निर्वाचनमा जानका लागि कसैको बैशाखी टेक्नुनपर्ने बताए । उनले अहिलेको गठबन्धन लामोसमय नजाने पनि दाबी गरे । 

मिनेन्द्र रिजाल
यस्तै नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले पनि नेकपा एमालेले संसद चल्न नदिएको कुरा निकाल्दै आक्रोस पोखेका छन् । उनले एमालेले संसद बन्द गरेर संविधानलाई तागत नदिएको बताए । 

उनले भने - "तपाईहरुले संसद बन्द गरेर संविधानलाई तागत दिनु भएको छैन । तपाईलाई सभामुखको भूमिका चित्त बुझेन भने सभामुख बेठिक छन् यीनलाई हटाइ पाउ भनेर लेख्ने व्यवस्था छ नी संविधानमा । त्यो व्यवस्थामा जानुपर्ने । अहिलेसम्म जानुभएनत  । "

उनले थपे - "त्यो व्यवस्थामा तपाईहरुसँग मत नपुग्ला । तर लोकतन्त्र भनेको जित हार दुवै हुन्छ नी त । मेरो विचार आजको दिनमा जम्मा गर्न सकेन । यो मेरो विचार हो । यसका लागि म लड्छु । तर मेरो बहुमतमा बिचार भएन भनेर स्वीकार गर्नुपर्छ नी त । आज तपाईले भनेजस्तै विचारमा सभामुखलाई निकाल्ने बाटो निस्किएन भने तपाईहरु आफ्नो केश रजिस्टर गर्नुहोस् ।  तर नचलिरहेको पार्लेमेन्टले संविधानलाई बलियो बनाउँदैन । होइन भने निकास पनि त खोज्न पाइएला नी त । संसद त चल्नु पर्ला नी त ।"

 

 

 

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०१:११
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार