राष्ट्रिय सभा निर्वाचनमा एक सिट मात्र जितेपछि आक्रोश पोखे शंकर पोखरेलले

बुधबार, मंसिर ७, २०७९

काठमाडौं - नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय सभा निर्वाचनको परिणाम विगतको जनादेशलाई खण्डित गर्ने षडयन्त्रको अन्तिम भोज बन्न पुगेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत नेता पोखरेलले बुधबार राष्ट्रिय सभा निर्वाचन सम्पन्नपछि सो कुरा गरेका हुन् । 

बुधबार सम्पन्न राष्ट्रिय सभाका १९ सिटको निर्वाचनमा अधिकांश सिटमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । १९ सिट मध्ये एक पदमा मात्र नेकपा एमाले उम्मेदवार विजयी भएका छन् । प्रदेश एकमा भने एक सिटमा एमाले उम्मेदवार विजयी भएका हुन् ।

सो नतिजापछि नेता पोखरेलले सामाजिक सञ्जालमार्फत आक्रोस पोखेका हुन् । उनले यस चुनावमार्फत प्रचण्ड र माधव नेपालले आफ्नो दलीय हैसियतभन्दा अतिरिक्त लाभ हासिल गरेको बताएका छन् । 

उनले भने "किनकी वहुमतको वामपंथी सरकार ढालेर कांग्रेसलाई सरकारको नेतृत्व सुम्पेको नजराना स्वरुप यस चुनाव मार्फत प्रचण्ड र माधव नेपालहरुले आफ्नो दलिय हैसियत भन्दा अतिरिक्त लाभ हासिल गरेका छन् । तर पनि यस निर्वाचनमा पाँच दलिय गठवन्धनका उम्मेद्वारले गठवन्धनको मतभारभन्दा कम मत प्राप्त गरेका छन् ।"

उनले अवहुने सबै निर्वाचन प्रत्यक्षहुने भएकोले गठवन्धन कमजोर हुने पनि बताएका छन् । 

उनले लेखेका छन् - "नेकपा(एमाले)का अधिकांश उम्मेद्वारले आफ्नो दलिय भोटभन्दा वढि मत प्राप्त गर्न सफल भएका छन् । स्थानिय तहका जनप्रतिनिधिहरुको अतिरिक्त भोट नेकपा(एमाले)का उम्मेद्वारलाई प्राप्त भएको छ ।यसवाट स्थानिय तहलाई कमजोर बनाउने गठवन्धनको प्रयासप्रति सत्तापक्षका जनप्रतिनिधिको असन्तुष्टि प्रकट हुन खोजेको छ ।गठवन्धनका अन्य उम्मेद्वारको तुलनामा नेपाली कांग्रेसका उम्मेद्वारले सबै प्रदेशमा कम भोट पाएका छन् ।"

"पाँच दलिय गठवन्धनको मोर्चावन्दीका बीचवाट प्रदेश १मा नेकपा(एमाले)का एकजना उमेद्वारले विजय हासिल गरेका छन् । एकजना वरावरी मत आएर गोलावाट पराजित भएका छन् । यस निर्वाचन पछि पनि राष्ट्रिय सभामा नेकपा(एमाले) पहिलो दलको हैसियतमा कायम छ ।"

"अवहुने सबै निर्वाचन प्रत्यक्षहुने भएकोले गठवन्धन कमजोर हुने र नेकपा(एमाले) थप सुदृढ हुने आधार समेत यस निर्वाचनले संकेत गरेको छ ।परिणाम प्रतिकुलहुने निश्चित जस्तै रहेको अवस्थामा पनि उत्साहपूर्वक नेकपा(एमाले)का उम्मेद्वारका पक्षमा मतदान गर्ने सबै जनप्रतिनिधिहरुलाई हार्दिक धन्यवाद ।"

  

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १७:५७
प्रतिक्रिया दिनुहोस्