रास्वपा संसदीय दलको बैठक बस्दै

मंगलबार, वैशाख २५, २०८१

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप) संसदीय दलको बैठक आज बस्दै छ। पार्टीको संसदीय कार्यालय सिंहदरबारमा बिहान ८ बजे बैठक बस्ने बताइएको छ।

बैठक यही वैशाख २८ गते शुरु हुने संसद्को बजेट अधिवेशनमा केन्द्रित रहने महामन्त्री मुकुल ढकालले जानकारी दिए।  


प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उठाइरहेको माग तथा संसद्को बजेट अधिवेशनमा खेल्नुपर्ने भूमिका लगायत विषयमा छलफल हुने उनले बताए।

 


 

प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  ०७:००
प्रतिक्रिया दिनुहोस्