प्रचण्ड भेट्न खुमलटार पुगे पुन

बुधबार, मंसिर ७, २०७९

काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता वर्षमान पुनबीच भेटवार्ता भएको छ ।

लामोसमयको उपचारपछि सोमबार स्वदेश फर्केका पुन मंगलबार प्रचण्डलाई भेट गर्न खुमलटार पुगेका हुन् । प्रचण्डलाई भेट गर्न पुनकी पत्नी तथा पूर्वसभामुख ओनसरी घर्तीमगर पनि पुगेकी हुन् ।  

पुन स्वदेश फर्किएपछि अब माओवादीले पदाधिकारीको टुंगो लगाउँदैछ । पुनले पार्टी महासचिवमा आफनो दाबी रहेको बताउदै आइरहेका छन् । सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुनले  पार्टी महासचिवमा आफनो दाबी स्वभाविक भएको बताएका थिए ।

उनले भने - 'सहमति जुट्न सकेन भने प्रक्रिया होस्, त्यसमा म फेस गर्न चाहन्छु, पार्टी अध्यक्ष र नेताहरूलाई मैले उतैबाट पनि भनेको थिएँ । मलाई विश्वास छ, पार्टीले सहमतिमै टुङगो लगाउनेछ ।'

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १७:५०
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार