बैशाखभित्र स्थानीय तहको चुनाव नहुँदा संविधान उल्लंघन हुन्छ - विष्णु रिमाल

बुधबार, मंसिर ७, २०७९

काठमाडौं - नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले बैशाखभित्र स्थानीय तहको चुनाव नहुँदा संविधान उल्लंघन हुने बताएका छन् । बिहिबार सामाजिक सञ्जालमार्फत नेता रिमालले सो कुरा गरेका हुन् । 
 
नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचन गर्नु भन्दा पहिले बैशाखमा संघीय संसद्को निर्वाचन गर्नुपर्ने बताएका थिए । 

एमालेले भने स्थानीय तहको निर्वाचनभन्दा पहिले गरिने कुनै पनि निर्वाचन आफूहरुलाई मान्य नहुने बताउदै आइरहेको छ । यसैबीच रिमालले सामाजिक सञ्जालमा यस्तो टिप्पणी गरेका हुन् । 

उनले लेखेका छन् - 'बैशाख भित्र स्थानीय तहको चुनाव नहुँदा संबिधान उल्लंघन हुन्छ, कानून मिचिन्छ। यसको चिन्ता नहुने! उ बेला मुद्धा हाली “एक दिन बॉकी रहेसम्म पनि प्रतिनिधिसभा भंग गर्न नहुने” भनि गराईएको फैसला विपरीत ‘पहिले प्रतिनिधिसभा र प्रदेशको चुनाव-पछि स्थानीय तहको’भन्ने गफ हामीले पत्याइदिनु पर्ने!'

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १५:२०
प्रतिक्रिया दिनुहोस्