लण्डनको मेयरमा सादिक खान तेस्रो पटक निर्वाचित

आइतबार, वैशाख २३, २०८१

काठमाडौँ - बेलायतको लण्डनको मेयरमा सादिक खान पुनः निर्वाचित भएका छन् । सादिक खानले तेस्रो कार्यकालका लागि जित हासिल गरेका हुन् ।

लेबर पार्टीका उम्मेदवार सादिक खान ४३ प्रतिशतभन्दा बढी मत ल्याएर विजयी भएको बिबिसीले जनाएको छ । उनका निकटतम प्रतिद्वन्द्वी सत्तारुढ कन्जरभेटिभ पार्टीकी उम्मेदवार सुसान हलले ३२ प्रतिशत मत प्राप्त गरेकी थिइन् ।

बेलायतको राजधानी लण्डनमा तीन वर्षअघि भएको मेयरको निर्वाचनको तुलनामा सादिक खानले यसपटक सात प्रतिशत बढी मत प्राप्त गरेका छन् । बेलायतमा भएको स्थानीय निकायको निर्वाचनमा लेबर पार्टीका उम्मेदवारले राम्रो प्रदर्शन गरेका छन् ।

अबको केही महिनामा बेलायतमा पनि आम निर्वाचन हुन लागेको छ । अधिकांश सर्वेक्षणमा लेबर पार्टीले अग्रता लिएको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  ०९:०४
प्रतिक्रिया दिनुहोस्