चुनावबारे टुंगो लगाउन भोलि सत्ता गठबन्धनको बैठक बस्ने

बुधबार, मंसिर ७, २०७९

काठमाडौं - सत्तारुढ गठबन्धनको बैठक शुक्रबार बस्ने भएको छ । चुनावको बिषयमा छलफल गर्न शुक्रबार अपरान्ह ४ बजेका लागि बैठक बोलाइएको हो । 

बिहिबार नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपाएकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बालुवाटारमा छलफल भएको थियो । 

देउवा, प्रचण्ड र माधवबीच बालुवाटारमा भेटवार्ता देउवा, प्रचण्ड र माधवबीच बालुवाटारमा भेटवार्ता

ती दलका प्रमुख नेताहरुबीच स्थानीय चुनाव कि प्रतिनिधि सभा चुनाव पहिले गर्ने भन्ने बारे छलफल भएको थियो । उनीहरुबीच सहमती नभएपछि शुक्रबार बस्ने बैठकमा टुँगो लगाउने निर्णय भएको जनाइएको छ । 
 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  २२:५८
प्रतिक्रिया दिनुहोस्