काठमाडौं – सत्तापक्षीय तीन दलका प्रमुख नेताहरुबीच बिहिबार भेटवार्ता भएको छ । बिहीबार अपरान्ह ४ बजेका लागि बोलाइएको गठबन्धन आवद्ध राजनीतिक समन्वय समितिको बैठक स्थगित भएपछि तीन नेता छलफलमा जुटेका हुन् ।
नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल बालुवाटारमा छलफलमा जुटेका हुन् ।
तीन दलका अध्यक्षहरुबीच स्थानीय तहको निर्वाचन र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको बताइएको छ । नेताहरुबीच स्थानीय चुनाव कि प्रतिनिधि सभा चुनाव पहिले गर्ने भन्ने बारे छलफल भएको थियो । उनीहरुबीच सहमती नभएको बताइएको छ ।
यसअघि प्रचण्डले स्थानीय तहको निर्वाचन गर्नु भन्दा पहिले बैशाखमा संघीय संसद्को निर्वाचन गर्नुपर्ने बताएका थिए । उनको यस प्रस्तावपछि गठबन्धन दलहरुबीच साझा धारणा बनाउन बैठक बोलाइएको थियो । तर तयारी नपुगेको भन्दै बैठक स्थगीत गरिएका्े थियो ।
नेकपा एमालेले भने स्थानीय तहको निर्वाचनभन्दा पहिले गरिने कुनै पनि निर्वाचन आफूहरुलाई मान्य नहुने बताउदै आइरहेको छ ।
प्रतिक्रिया