स्टेफनको दुई गोलसँगै टोटनहमको रोमाञ्चक जित

बिहीबार, मंसिर ८, २०७९

काठमाडौं - इन्जुरी समयमा स्टेभन बर्गविजनको दुई गोलसँगै टोटनहमले इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीविरुद्ध रोमाञ्चक जित निकालेको छ । 

बुधबार राति भएको  खेलमा भ्रमणकारी टोली टोटनहमले घरेलु टोली लेस्टरविरुद्ध ३–२ को जित निकाल्यो । खेलमा दुई पटक सम्म पछि परेको टोटनहमलाई स्टेभनले पुनरागमन जित दिलाएका थिए । 

प्यासन डकाले खेलको २४औं मिनेटमा गोल गर्दै लेष्टरलाई सुरुआती अग्रता बनाए । ३८औं मिनेटमा ह्यारी केनले गोल गर्दा टोटनहम १–१ को अवस्थामा पुग्यो । ७६औं मिनेटमा जेम्स माडिसनले गोल गर्दा पुनः लेस्टरले २–१ दोस्रो पटक अग्रता बनायो । 

जित तर्फ अगाडी बढेको लेष्टरका लागि स्टेभन बाधक बने । इन्जुरी समयको पाँचौ र साँतौ मिनेटमा स्टेभनले गोल गर्दा टोटनहमले रोमाञ्चक ११ औै जित पायो । 

जितपछि टोटनहम १९ खेलमा ३६ अंक बोकेर पाँचौं स्थानमा छ । समान खेलबाट लेष्टर २५ अंक सहित दशौं स्थानमा छ । 
्र

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १९:५९
प्रतिक्रिया दिनुहोस्