बाघको आक्रमणबाट नवलपुरमा एक जना घाइते

सोमबार, वैशाख १७, २०८१

नवलपुर -नवलपुरमा बाघको आक्रमणबाट एक जना घाइते भएका छन्। मध्यविन्दु–५ बाघखोरनिवासी ३० वर्षीय यमनारायण महतो माघको आक्रमणमा परी घाइते भएका हुन्।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार आज दिउँसो पौने १ बजे मध्यविन्दु नगरपालिका– ५ बाघखोरको हरियाली मध्यवर्ती सामुदायिक वनमा घाँस काटिरहेको अवस्थामा महतोलाई बाघले आक्रमण गरेको थियो। 

घाइते महतोको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ। उनको मुख र शरीरमा चोट लागेको प्रहरीले जनाएको छ। घाइतेको अवस्था मध्यम रहेको छ।

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  १८:५१
प्रतिक्रिया दिनुहोस्