युभेन्ट्सलाई पराजित गर्दै इन्टरले जित्यो सुपर कपको उपाधि

बिहीबार, मंसिर ८, २०७९

काठमाडौं - बैकल्पिक खेलाडी एलेक्सिस सान्चेजले गरेको खेलको अन्तिम समयको गोलसँगै इन्टर मिलानले युभेन्ट्सलाई पराजित गर्दै इटालियन सुपर कपको उपाधि जितेको छ । 

बुधबार राति इटालीको सान सिरोमा भएको खेलमा पुनरागमन जित सहित इन्टरले सन् २०१० पछि पहिलो पटक यो उपाधि हात पारेको हो । 

खेल पेनाल्टी सुट आउटतर्फ धकेलिँदा खेलमा १२१ औं मिनेटमा बेन्चबाट आएका सान्चेजको गोल निर्णायक बनेको थियो । 

खेलको २५औँ मिनेटमा वेस्टन म्याकेनीको गोलमा युभेन्ट्सले अग्रता बनायो । ३५औँ मिनेटमा पाएको पेनाल्टी सदूपयोग गर्दै लौटारो मार्टिनेजले इन्टरलाई पहिलो हाफमा १-१ को स्थितिमा ल्याए । निर्धारित ९० मिनेटको खेल बराबरीमा सकिएपछि खेल अतिरिक्त ३० मिनेटमा पुगेको थियो । 

अतिरिक्त समयको इन्जुरी समयमा अनुभवी खेलाडी सान्चेजको गोलसँगै इन्टर उपाधि जित्न सफल भयो ।

 

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  २०:०१
प्रतिक्रिया दिनुहोस्