सुहाङ्ले जित्ने लगभग निश्चित, घन्टी चौथोबाट नउक्लिने तय, परिणाम हेर्नुस्

सोमबार, वैशाख १७, २०८१

इलाम - इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा मत गणना भइरहेको छ। इलाम- २ ४२ वडामध्ये अब जम्मा १३ वडा गन्न बाँकी छ।

अहिलेसम्मको मत परिणामअनुसार मूढा चुनाव चिन्हका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम तेस्रो स्थानमा छन्। उनले रास्वपाका उम्मेदवार मिलन लिम्बूलाई झन्डै तेब्बर मतले उछिनेका छन्। थेगिमले ९४१० मत पाउँदा लिम्बूले ३२४२ मत पाएर चौथो स्थानमा छन्।

यस्तै, सुहाङ नेम्वाङले अग्रता कायमै राखेका छन्। उनले १९,११४ मत पाउँदा नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले १२६७५ मत पाएका छन्। नेम्वाङ र खड्काबीचको मतान्तर ६४३९ छ।

इलाम- २ मा जम्मा ६९,२८७ मत खसेको थियो। ४४,९७२ मत गणना भएको छ।

२०७९ मा भएको प्रतिनिधि सभा चुनावमा इलाम- २ मा एमाले उम्मेदवार सुवास नेम्वाङले ३० हजार २० मत ल्याएर निर्वाचित भएका थिए भने कांग्रेसका उम्मेदवार डम्बर खड्काले २९ हजार ९०६ मत ल्याएका थिए। त्यसबेला खड्का तत्कालीन सत्ता गठबन्धनबाट साझा उम्मेदवार थिए।

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  २०:१०
प्रतिक्रिया दिनुहोस्