राजसंस्था र हिन्दु राष्ट्रको पुनःस्थापनाका लागि एकताबद्ध भएर अघि बढौं - राजेन्द्र लिङदेन

बुधबार, मंसिर ७, २०७९

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले सिद्धान्तबाट विचलित भएर लक्ष्य प्राप्ति हुन नसक्ने बताएका छन् । 

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष लिङदेनले सो कुरा गरेका हुन् । पार्टीमा कोही असन्तुष्ट हुनु नपर्ने बताउदै उनले सबैलाई समेटेर अघि बढ्ने आफ्नो चाहाना रहेको बताए । 

उनले भने - 'हाम्रो मुख्य कार्यभार पार्टीको हालै सम्पन्न महाधिवेशनले तय गरेको राजनीतिक कार्यदिशाको सफल कार्यान्वयन हो' उनले राजसंस्था, हिन्दु राष्ट्रको पुनःस्थापनाका लागि पार्टी एकताबद्ध भएर अघि बढ्नु पर्ने पनि बताए । 

 उनले बुधबार काठमाडौंमा उपलब्ध केन्द्रीय कार्यसमितिका मनोनित सदस्यहरुलाई सपथ गराएका हुन् । सोही क्रममा उनले अनुभवी, पार्टीको लागि आवश्यक, पार्टीमा योगदान दिएका व्यक्तिलाई मनोनयन गरिएको बताए । 
 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १३:०६
प्रतिक्रिया दिनुहोस्