मोहन बैद्यले भने - 'प्रचण्ड र विप्लवसँग पार्टी एकता सम्भव छैन' 

शुक्रबार, मंसिर ९, २०७९

काठमाडौं - नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन बैद्य किरणले तत्काल नेकपा (माओवादी केन्द्र) र अन्य कम्युनिष्ट पार्टीसँग एकता नहुने बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बैद्यले सो कुरा गरेका हुन् । उनले माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेत्रविक्रम चन्द विप्लवसँग पार्टी एकता सम्भव नभएको बताए । 

प्रचण्डले लगातार पार्टी एकता हुन सक्ने भन्दै आएको बताउदै उनले अहिले आफूहरु एकताको प्रयासमा नरहेको बताए । उनले आफूहरुले पुरानो राज्यसत्ता, संविधान र संसदीय व्यवस्था स्वीकार नगर्ने बताए । 

उनले प्रचण्डले शान्तिपूर्ण बाटोबाट समाजवाद आउँछ भन्नु र विप्लवले जनमत संग्रहबाट समाजवाद आउँछ भन्नुमा के फरक भयो भन्दै प्रश्न पनि गरे । उनले नेकपा मसालसँग पनि आफूहरुको एकता नहुने कुरा गरे । 

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०१:२८
प्रतिक्रिया दिनुहोस्