एमालेको जिल्ला अधिवेशन पुस २३ गते, तोकियो तीन बुँदे मापदण्ड  

बुधबार, मंसिर ७, २०७९

काठमाडौं - नेकपा एमालेको जिल्ला अधिवेशन पुस २३ गतेमा हुँदैछ । अघिवेशनबाट नयाँ नेतृत्व चयन हुनेछ । एमाले संगठन विभागले जिल्ला कमिटीसम्बन्धी तीन बुँदे मापदण्ड तोकेको छ । तीन बुँदे मापदण्ड ७७ वटै जिल्लामा सर्कुलर  गरिएको छ । 

पदाधिकारी हुनका लागि दुई कार्यकाल जिल्ला कमिटीमा काम गरिकेको वा एक कार्यकाल सचिवालयमा सदस्य भइसकेको हुनुपर्ने मापदण्ड रहेको छ । 

यस्तै सदस्यका लागि जिल्ला कमिटी, जिल्ला विभाग वा एक तह मुनिको कमिटीमा कम्तिमा एक कार्यकाल पूरा गरेको हुनुपर्नेछ । यस्तै एकता एकीकरणबाट पार्टीमा समाहित भएकाको हकमा भने विधानको धारा ६३(११) अनुसारको हुने एमालेले जनाएको छ । 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १५:३१
प्रतिक्रिया दिनुहोस्