अहिले मेरो स्मरण शक्ति कमजोर हुँदै गएको छ - ओली

बुधबार, मंसिर ७, २०७९

काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई अहिलेसम्म कोरोनाभाइरसले नछोएको बताएका छन् । बुधबार बालकोटस्थित उनकै निवासमा भेट गर्न पुगेको संस्कृति बचाउ अभियानसँग ओलीले सो कुरा गरेका हुन् । 

मिर्गौला प्रत्यारोपण गरेकाले आफ्नो इम्युन सिस्टम शून्य रहेको बताउदै ओलीले यस्तो अवस्थामा प्रतिरोधी क्षमता देखेर आश्चर्यमा परेको बताए । उनले भने मिर्गौला प्रत्यारोपण गरेकाले मेरो इम्युन सिस्टम शून्य छ । औषधि खाइरहनुपर्छ, जसकारण मेरो प्रतिरोधी क्षमता जिरो छ ।

उनले अहिलेसम्म धेरैले आफूलाई भेटेको र फोटो पनि खिचेको बताउदै अहिलेसम्म संक्रमणबाट आफू बचेको बताए । उनले पहिले पहिले आफूले धेरै टेलफोनका नम्बर सम्झने गरेको तर अहिले स्मरण शक्ति कमजोर हुँदै गएको उनको भनाई छ । उनले आफूले पहिले हजारौको नम्बर याद गर्ने गरेको तर अहिले पत्निको नम्बर पनि सोध्नुपर्ने बताए। 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १०:५२
प्रतिक्रिया दिनुहोस्