नेभिगेशन
राजनीति

आज चारवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौँ । संघीय संसद्अन्तर्गत आज चारवटा संसदीय समितिहरूको बैठक बस्ने तय भएको छ ।

अर्थ समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको पारित प्रतिवेदनमाथि थप छलफल हुनेछ ।  

बिहान ८ बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा हवाई तथा उड्डयन सुरक्षा सम्बन्धमा कानुनविद्हरूसँग छलफल गर्ने कार्यसूची छ ।

विधायन व्यवस्थापन समितिको बैठक सवा १२ बजेका लागि बोलाइएको छ । बैठकमा संघीय निजामती सेवा विधेयक, २०८० माथि दफावार छलफल हुनेछ ।

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि आजै बस्दै छ । बैठकमा ज्येष्ठ नागरिकको जीवन सुरक्षित, गुणस्तरयुक्त र सम्मानित बनाउन थप विशेष व्यवस्था गर्नुपर्ने भन्ने विषयको जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव कार्यान्वयनका सम्बन्धमा विभागीय मन्त्रीसँग छलफल गर्ने कार्यसूची छ । 

बिहान साढे ११ बजे बस्ने बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिसोर साह सुडी र सोही मन्त्रालयकी सचिव लक्ष्मी कुमारी बस्नेतलाई बोलाइएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति