नेभिगेशन
राजनीति

सांसदहरूलाई काठमाडौं नछाड्न एमालेको निर्देशन

काठमाडौं- सत्तारुढ दल नेकपा एमालेले आफ्ना सांसदहरूलाई काठमाडौं उपत्यका नछाड्न निर्देशन दिएको छ ।

मंगलबार सांसदहरूलाई मोबाइलमा मेसेज पठाउँदै एमालेले तत्काल उपत्यका बाहिरका कार्यक्रममा नजान भनेको हो ।

उपत्यका बाहिर भएका सांसदहरूलाई फर्कन र उपत्यकामै भएका सांसदहरूलाई कहीँ नजान भन्दै एसएमएसमार्फत जानकारी गराएको हो ।

एमाले कांग्रेसले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउने तयारीस्वरुप हस्ताक्षर संकलन गरिरहेको छ ।

उता, विपक्षी दलहरू यो कार्यको विरोध गर्नेगरी तयारी गरिरहेको छ । कांग्रेसभित्रकै इतर समूहका सांसदहरूले पनि अहिलेसम्म हस्ताक्षर गरेका छैनन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति