नेभिगेशन
अर्थ विविध

इटहरीको २ अर्ब ५५ करोड २१ लाखको बजेट बहुमतले पारित !

इटहरी- इटहरी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२–८३ का लागि दुई अर्ब ५५ करोड २१ लाख रुपैयाँको बजेट पारित गरेको छ ।

इटहरी उपमहानगरपालिका उपप्रमुख संगीताकुमारी चौधरीले पेश गरेको बजेट आज सर्वसम्मत रुपमा पारित भएको छ शनिबार नगरको १६ औं नगरसभाले बजेट पारित गरेको हो ।

आगामी वर्षका लागि चालु खर्चतर्फ एक अर्ब चार करोड ११ लाख १० हजार अर्थात कुल बजेटको ४०.७९ प्रतिशत वित्तिय व्यवस्थापन अन्तर्गत साँवा ब्याज भुक्तानीतर्फ ९० लाख अर्थात कुल बजेटको ०.३५ प्रतिशत र पूजीगत खर्च एक अर्ब ५० करोड १९ लाख ९० हजार अर्थात कुल बजेटको ५८.८६ प्रतिशत छुट्याइएको घोषणा गरियो ।

आगामी आर्थिक वर्ष स्थानीय जनताको माग बमोजिम भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखिएको उपप्रमुख चौधरीले जानकारी दिइन् । जसमा संघीय सरकार र प्रदेश सरकारसँग आवश्यक समन्वय गरि इटहरी उपमहानगरपालिकाको बाहिरी चक्रपथको सम्भाव्यता अध्ययन तथा विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने कार्यलाई प्राथमिकतामा राखिएको छ ।

यस्तै, इटहरीको सर्वाङ्गीण विकासका लागि गुरुयोेजना तयार गरिने मुख्य योजनामै समेटिएको छ । बजेटमा इटहरीलाई सुन्दर शहर बनाउन सौन्दर्यकरणका लागि सडक निर्माणसँगै सडक क्षेत्राधिकार भित्र पर्ने आवश्यक स्थानमा रोड फर्निचर लगाउने, पैदलयात्रीको सहजताका लागि कोशी राजमार्ग दुईवटा आकासे पुल निर्माण गर्न बजेट छुट्याइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्