नेभिगेशन
समाज विविध

रसुवा बस दुर्घटना : २१ घाइतेमध्ये ४ जनालाई काठमाडौं ल्याइयो

काठमाडौं- रसुवामा बस दुर्घटना हुँदा  २महिने शिशुसहित २१ जना घाइते भएका छन् । बिहिबार दिउँसो सवा २ बजे रसुवा उत्तरगया गाउँपािलका वडा नं। –०५ लहरेपौवास्थित पासाङल्हामु राजमार्ग अन्तर्गत धुन्चे –त्रिशुली सडक खण्डमा गत्लाङबाट काठमाडौं तर्फ आउँदै गरेको बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् ।


बा ४ ख ८४३५ नम्बरको यात्रुवाहक बसले बेत्रावतीबाट नम्बर नखुलेको अटोलाई साइड दिने क्रममा सडकबाट ४० मिटर तल खस्न गई पल्टिँदा सो बसमा सवार २१ जना घाइते भएका थिए । घाइतेहरुलाई सुरक्षाकर्मी तथा स्थानीयबासीहरुले उद्धार गरि उपचारको लागी त्रिशुली अस्पताल नुवाकोट पठाइएको थियो ।

घाइते २१ जनामध्ये ४ जनालाई उपचारको लागि काठमाडौं ल्याएको छ भने १७ जनाको त्रिशुलीमा उपचार भइरहेको छ ।  घाइतेहरुकाे उद्धारकाे लागि नेपाली सेना,नेपाल प्रहरी, सशस्त्र प्रहरी बल,नेपाल नं।२० गुल्म हे।क्वा। रसुवाबाट सप्रनि रबिन्द्र दाहालको कमाण्डमा र सशस्त्र प्रहरी बल नेपाल नं।१९ गुल्म नुवाकोटबाट सप्रनि दिनेश घिमिरेको कमाण्डमा टोली परिचालन गरिएको थियो ।


घाइतेहरुकाे विवरण 
१) जिल्ला रसुवा उत्तरगया गा.पा. वडा नं. ०२ डाँडागाँउ बस्ने बर्ष अं.३८ की गंगा पौडेल -मध्यम घाईते
२) जिल्ला रसुवा आमाछोदिङ्मो वडा नं.०१ नेसिङ बस्ने बर्ष अं.२० की प्रिस्किला तामाङ – गम्भिर घाईते काठमाण्डौ रिफर ग्रीन सिटी ।
३) जिल्ला रसुवा आमाछोदिङ्मो गा.पा. वडा नं.५ चिलिमे बस्ने बर्ष अं. २४ की जुनिसा तामाङ -मध्यम घाईते
४) जिल्ला नुवाकोट मेगाङ गा.पा. ४ बस्ने बर्ष अं. २७ को गणेश सुनार – मध्यम घाईते (चालक)
५) जिल्ला रसुवा आमाछोदिङ्मो गा.पा. १ बस्ने बर्ष अं. ५१ की दावा साङ्मो तामाङ -गम्भिर घाईते काठमाण्डौ रिफर ग्रीन सिटी ।
६) जिल्ला नुवाकोट मेगाङ गा.पा. वडा नं.३ बस्ने बर्ष अं.२१ को राजकुमार सेन्चुरी (गाडी साहु/सहचालक) -मध्यम घाईते
७) जिल्ला नुवाकोट किस्पाङ गा.पा. वडा नं.०३ बस्ने बर्ष अं.५४ को बुद्दि वि.क. – गम्भिर घाईते ।
८) जिल्ला रसुवा आमाछोदिङ्मो गा.पा. वडा नं. ०४ गोल्जुङ बस्ने बर्ष अं.२८ की तेन्चेन मेन्दु तामाङ-मध्यम घाईते
९) जिल्ला रसुवा आमाछोदिङ्मो गा.पा. वडा नं. ०४ गोल्जुङ बस्ने बर्ष अं. २८ की सुनिता तामाङ-गम्भिर घाईते
१०) जिल्ला रसुवा गोसाईकुण्ड गा.पा. वडा नं.०५ स्याफ्रुबेशी बस्ने बर्ष अं.५२ की दावा घले-मध्यम घाईते,
११) जिल्ला रसुवा गोसाईकुण्ड गा.पा. वडा नं.०५स्याफ्रुबेशी बस्ने बर्ष अं.५२ की पासाङ बुटी शेर्पाको छोरी वर्ष अं. २ महिनाको शिशु – मध्यम घाईते काठमाण्डौ रिफर ग्रीन सिटी
१२) जिल्ला रसुवा नौकुण्ड गा.पा. १ बस्ने बर्ष २१ को बिवश लोप्चन -सामान्य घाईते ।
१३) ) जिल्ला रसुवा उत्तरगया गा.पा. वडा नं. ०२ बस्ने बर्ष अं.३८ को गणेश पौडेल-सामान्य घाईते ।
१४)जि.धादिङ बस्ने बर्ष अं.४७ को सम्बर लामाको अवस्था मध्यम
१५)जि.धादिङ बस्ने बर्ष अं.४० की राम माया घले अवस्था मध्यम ।
१६)जि.रसुवा नौकुण्ड गा.पा.१ बस्ने बर्ष अं.२७ को सोना तामाङ अवस्था मध्यम ।
१७) जि. रसुवा आमाछोदिङ्मो गा.पा. वडा नं.५ चिलिमे बस्ने बर्ष अं. २४ की जुनिसा तामाङ अवस्था सामान्य ।
१८)जि.नुवाकोट सुर्यगढी गा.पा.४ बस्ने बर्ष अं.३२ की सिता पौडेल अवस्था मध्यम ।
१९)जि.सिल्धुली गोलाङजोङ गा.पा. बस्ने बर्ष अं.१६ को दिपेस परियार सामान्य घाईते ।
२०) जि.नुवाकोट बिदुर न.पा.१३ बस्ने बर्ष अं.सुजन सुनार अवस्था सामान्य ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध