नेभिगेशन
समाज विविध

एक जनाको मृत्यु हुने गरी झडप भएपछि कैलाली कारागारका फेरिए जेलर 

काठमाडौँ । कैलाली कारागारका जेलर फेरिएका छन् । जेलर वसन्त खत्रीको ठाउँमा जालन्धर भुसाल जिम्मेवारी दिइएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

हिजो राति एक जनाको मृत्यु हुने गरी कारागारमा झडप भएको थियो । सो झडपको क्रममा ४७ जना घाइते भएका थिए ।

शनिबार दिउँसो पनि कारागारको अवस्था असामान्य बनेको थियो । कारागारभित्र रहेका कैदीहरूले केही बेर कारागार नै नियन्त्रणमा लिएका थिए भने अवस्था सामान्य बनाउन प्रहरीले हम्मे हम्मे भएको थियो ।

यसैबीच सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति पनि गठन भएको छ ।

उक्त समितिले घटनाको कारण पत्ता लगाएर १० दिनभित्र प्रतिवेदन दिनुपर्ने कार्यादेश राखिएको छ ।

शुक्रबार राति कारागारमा झडप हुँदा धनगढी–४ का भरत चौधरीको मृत्यु भएको थियो भने ४७ जना घाइते भएका थिए । घाइतेहरूको उपचार भइरहेको छ ।

यसबारे सुरक्षा निकायका प्रमुखसँग गृहमन्त्री रमेश लेखकले पनि सुरक्षा निकायका प्रमुखसँग छलफल गरेका छन् ।

एक जना गम्भीर घाइतेलाई उपचारका लागि काठमाडौं ल्याइएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध