नेभिगेशन
राजनीति

कैलाली कारागार झडपबारे १० दिनभित्र प्रतिवेदन बुझाउने गरी छानबिन समिति गठन

काठमाडौँ- कैलाली कारागारमा भएको झडपको विषयमा छानबिन समिति गठन गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको हो ।

उक्त समितिमा नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक राजकुमार सिंह र सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक जनकराज पन्त सदस्य छन् ।

त्यस्तै अनुसन्धान अधिकृत दीपेन्द्र सिंह र जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशी पनि सदस्य रहेको छानबिन समितिलाई १० दिनको समय दिइएको छ ।

‘उपयुक्त विधि अपनाई के कसो भएको हो आवश्यक छानबिन गरी प्रतिवेदन पेस गर्न’ समितिलाई निर्देशन दिइएको छ ।

हिजो राति कैलाली कारागारभित्र भएको झडपमा १ जनाको मृत्यु हुनुका साथै ४७ जना घाइते भएका छन् । तीनको अवस्था गम्भीर छ । एक जनाको आइसियुमा उपचार भइरहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति