नेभिगेशन
समाज विविध

कैलाली कारागारमा ‘ग्याङ फाइट’ : एकको मृत्यु, ४५ जना घाइते

कैलाली । कैलाली कारागारमा कैदीबन्दीबीच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ । बिहीबार रातिदेखि नै कारागारमा कैदीबन्दीबीच झडप भइरहेको छ ।

कुटपिट हुँदा घाइते धनगढी–४ का भरत चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक बाल नरसिंह राणाले जानकारी दिए । कुटपिटबाट थप ४५ जना घाइते छन् ।

उनीहरुको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे छानबिन भइरहेको जनाइएको छ । कारागारको ‘ए’ र ‘बी’ ब्लकका कैदीबन्दीबीच कुटाकुट भएको बताइएको छ । विगत केही समयदेखि कैलाली कारागारमा दुई समूहबीच झडपका घटना भइरहेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध