नेभिगेशन
समाज विविध

संवैधानिक नियुक्तिबारे फैसलाः पक्षमा मत दिएकी न्यायाधीश मल्लले किन लेखिन् फरक राय?

काठमाडौं– अध्यादेश ल्याएर संवैधानिक परिषदको बहुमतले नियुक्त गरेका संवैधानिक निकायका नियुक्तिबारेको फैसलामा न्यायाधीश सपना मल्ल प्रधानले फरक मतसहित आत्मालोचना गरेकी छन्।

उनले पक्षमा नै मत दिए पनि यसमा फरक मत राखिन् जहाँ उनले संसदीय सुनुवाईको जिकिर समेत गरेकी छन्।

अध्यादेशबाट गरिएका संवैधानिक नियुक्तिविरुद्ध परेका रिट निवेदनको निरुपणमा विलम्ब भएकोमा आत्मालोचना गरेकी हुन्। 

नियुक्ति विरुद्धका रिट खारेज गर्ने फैसलामा सहमत भएकी उनले फरक राय लेख्दै आत्मालोचना समेत गरेकी हुन्। 

‘न्यायको याचिकाहरुलाई आशाको ज्योति जगाउन अनुचित बिलम्ब हुँदैन भन्ने आश्वासित गर्न जरुरी छ। आफ्नै सतर्कताको निमित्त यस्तो प्रकृति दोहोरिन दिनु हुँदैन भनी यो आत्मालोचना गरेको छु’, उनको रायमा उल्लेख छ।

गम्भीर प्रकृतिको मुद्दामा साढे चार वर्षपछि सर्वाेच्चले फैसला सुनाएको हो। 

संवैधानिक इजलासले बहुमतका आधारमा रिट खारेज गरेका हुन्। प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र नहकुल सुवेदीले भने नियुक्ति खारेजीको पक्षमा राय राखेका थिए। 

उनले पहिला नियुक्त भएका ५२ जनाको अहिले संसदीय सुनुवाई गर्न परमादेश समेत दिएकी छिन्। सपनासहित मनोज शर्मा र कुमार चुडालले नियुक्ति सदर गरेका थिए।   

संवैधानिक इजलासमा मल्ल, मनोज कुमार शर्मा र कुमार चुडालको बहुमतमा आधारमा नियुक्तिविरुद्ध परेका रिट निवेदन खारेज गरेको थियो। मध्यरातमा यो फैसला आएको थियो।
patra-1751519193.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध