नेभिगेशन
विश्व

इरानमाथि सैन्य आक्रमण गर्ने योजनामा डोनल्ड ट्रम्पको अनुमोदन, एक दिन पर्खिए

काठमाडौं– इजरायलसँग युद्ध गरिरहेको इरानमाथि आक्रमण गर्ने अमेरिकी योजनालाई राष्ट्रपति डोनल्ड ट्रम्पले अनुमोदन गरेका छन्।

उनले इरानलाई आणविक हतियार बनाउने निर्णयबाट पछि हट्नका लागि एक दिन समय दिइसकेका छन्। इरानले उक्त निर्णय गरेको खण्डमा योजना कार्यान्वयनमा नलैजाने पक्षमा ट्रम्प रहेका छन्।

यसका निम्ति उनले पाकिस्तानी सेना प्रमुख असिम मुनिरलाई ह्वाइट हाउसमा बोलाएका थिए। 

यसैबीच इरान युद्धबाट पछाडिन नहट्ने अडानसाथ अगाडि बढेको छ। उसले विहीबार मात्रै इजरायलको एक हजार बढी शैयया रहेको अस्पतालमा आक्रमण गरेको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व