नेभिगेशन
विश्व

दुर्घटनामा परेको इन्डियन एयरलाइन्स ‘क्याबिन क्रू’ : यस्तो छ ‘स्काई लभ्स् हर’को कथा

काठमाडौं– भारतको अहमदाबादबाट लन्डनका लागि उडेको इन्डियन एयरलाइन्सको विमान दुर्घटनामा १२ जना क्याबिन क्रू परेका थिए। 

विमान एक अस्पतालको क्वार्टरमा खस्दा त्यहाँ रहेकासहित विमानमा सवार २४१ जना गरी २६५ जनाको मृत्यु भएको थियो।

क्याबिन क्रूका १२ मध्य चर्चामा थिइन् ‘स्काई लभ्स हर’ नाममा इन्टाग्राममा चर्चित रोशनी सोंघारे राजेन्द्र। 

Screenshot-2025-06-13-144622-1749805524.jpg
उनी ट्राभल इन्फ्ल्युन्सर पनि थिइन्। उनका इन्स्टाग्राममा अनेक तस्बिर चर्चित छन्। विमान दुर्घटनामा निधन भएकी उनी महाराष्ट्रकी थिइन्।

महाराष्ट्रका विधायक रवीन्द्र चव्हाणले सोनघरेको मृत्युको पुष्टि गरेका थिए। उनले ‘अहमदाबादमा भएको विनाशकारी विमान दुर्घटनामा डोम्बिवलीकी सुश्री रोशनी सोंघारेको दुखद निधनबाट हामी गहिरो दुःखी छौं। एक समर्पित उडान चालक दलको सदस्यको रूपमा, उनको असामयिक क्षति हृदयविदारक त्रासदी हो। उनको आत्माले अनन्त शान्ति प्राप्त गरोस्’ भनेका थिए। 

उनले इन्स्टाग्राममा तलको तस्बिर राख्दै लेखेकी थिइन्,‘उसले भन्यो– तिम्रो आँखाले धेरै कुरा बोल्छ।’

he--1749805413.jpg
उनले हातमा फूल राखेको तस्बिरबारे बयान गर्दै लेखेकी छन्,‘उसले भन्यो– तिमीलाई पाएर म हराए हराए जस्तो।’

fol--1749805446.jpg
५१ साता अघि झन्डै एक बर्षअघि उनले सोनु निगमको गीतमा एउटा भिडिओ राख्दै लेखेकी थिइन्,‘म फेरि एउटा अर्को समयमा गल्ती गर्न जाँदैछु।’


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व