नेभिगेशन
विश्व

इन्डियन एयरलाइन्सको विमान दुर्घटना : बाँचेका यात्रुले मोदीलाई सुनाए यस्तो कथा

काठमाडौं– बिहीबार भारतको अहमावादमा भएको इन्डियन एयरलाइन्सको जहाज दुर्घटनामा बाँचेका एक यात्रुले दुई जोडी र दुई जना एयर होस्टेज जलेको दर्दनाक दृश्यबारे प्रधानमन्त्री नरेन्द्र मोदीलाई बताएका छन्।

दुर्घटनास्थलको निरिक्षणमा पुगेका मोदीले बाँचेका यात्रु रमेश कुमार विश्वासलाई भेटेका थिए। सो क्रममा उनले मोदीलाई जानकारी गराएका थिए। 

आफू बाँच्नुको कारण पनि उनले खुलाए। उनले जहाजबाट हाम नफालेको पनि बताए। ‘मैले हाम फालिन सायद मेरो सिट नै त्यस्तो स्थानमा थियो कि दुर्घटना हुँदा ठोक्किएको घरको तलतिर चिप्लियो र बाँचियो। अनि म भागें’, उनले भनेका छन्।

काललाई समेत जितेका उनले भने,‘म सिटसहित तल झरेपछि म जसोतसो बाँचे।’

विमान एक अस्पतालको क्वार्टरमा खस्दा त्यहाँ रहेकासहित विमानमा सवार २४१ जना गरी २६५ जनाको मृत्यु भएको थियो।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व