नेभिगेशन
विश्व

एयर इन्डियाको जहाजमा बम भएको हल्लापछि थाइल्याण्डमा आकस्मिक अवतरण

काठमाडौँ- एयर इन्डियाको जहाज थाइल्याण्डमा आपत्कालीन अवतरण गरेको छ । बम रहेको हल्लापछि विमानलाई आकस्मिक अवतरण गराइएको हो। ए आई ३७९ विमानमा १५६ यात्री थिए ।

यसअघि आज बिहान लण्डन जाँदै गरेको एयर इन्डियाको एक विमान उडे लगत्तै फर्किएर मुम्बईमा अवतरण गरेको थियो ।

भारतको समाचार एजेन्सी पीटीआईका अनुसार आज बिहान ५ बजेर ३९ मिनेटमा उडेको जहाज फर्किएर मुम्बईमा अवतरण गरेको हो ।

एयर इन्डियाले इरान र इजरायलबीचको लडाइँका कारण विमानहरूले हवाई रुट बदल्नु परेको र कतिपयलाई फर्काउनु परेको जनाएको छ ।

बिहीबार दिउँसो भारतको अहमदवादबाट बेलायतको लन्डनका लागि उडेको एयर इन्डियाको बोइङ ७८७-८ विमान दुर्घटना हुँदा २४१ जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व