नेभिगेशन
विश्व

विमान दुर्घटनास्थल अहमदाबाद पुगे मोदी

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटनाग्रस्त भएको स्थानमा पुगेका छन् ।

विहिबार भएको दुर्घटनापछि मोदी शुक्रबार बिहान अहमदावादस्थित सिभिल अस्पताल पुगेर घाइतेहरूलाई भेटेका छन् । त्यस्तै उनले दुर्घटनास्थलको अनुगमन गरेको भरतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

बिहीबार अहमदाबादमा एयर इन्डियाको यात्रुवाहक विमान दुर्घटनामा २४२ जनामध्ये २४१ जनाको मृत्यु भएको पुष्टि भएको छ । विमानमा २३० यात्रु र १२ जना चालक दलका सदस्य थिए । यस दुर्घटनामा भारतीय मूलका एक बेलायती यात्रु बाँच्न सफल भएका छन् । यस दुर्घटनामा भारतको गुजरातका पूर्व मुख्यमन्त्री विजय रुपानीको पनि मृत्यु भएको छ ।

घटनापछि विहिबार नै अहमदाबाद पुगेका गृहमन्त्री अमित शाहले विमानमा १.२५ लाख लिटर इन्धनको उपस्थितिका कारण तापक्रम उच्च भएको र कसैलाई बचाउन सम्भव नभएको प्रतिक्रिया दिएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व