नेभिगेशन
विश्व

एयर इन्डिया विमान दुर्घटनाः १६९ भारतीय, ५३ ब्रिटिशसहित चार देशका नागरिक थिए सवार 

काठमाडौं– गुजराँतबाट उडान भरेको केही निमेषमा नै दुर्घटना भएको एयर इन्डियाको बिमानमा चार देशका २३० नागरिक सवार रहेको भारतीय मिडियाले जनाएका छन्। 

जसमा १६९ भारतीय नागरिक, ५३ ब्रिटिश नागरिक, १ कनाडाई नागरिक र ७ पोर्चुगलका नागरिक सवार रहेको आजतकले जनाएको छ।

पश्चिम भारतको अहमदाबादमा लन्डनका लागि उडेको विमान उडान भरेको केही समयपछि नै दुर्घटनाग्रस्त भएको थियो।

एयर इन्डियाका अनुसार अहमदाबाद–लन्डन ग्याटविक उडान गर्ने एआई१७१ उडान खसेको हो। उडेको केही निमेषमा नै विमान खसेको थियो। 

भारतको नागरिक उड्डयन निर्देशनालयका प्रमुखले एपीलाई भने विमानमा २३२ यात्रु र १२ जना चालक दलका सदस्य थिए। 

ट्र्याकिङ वेबसाइट फ्लाइटराडार२४ ले विमानबाट अन्तिम संकेत ‘उडान उडेको केही सेकेन्ड पछि’ ६२५ फिट (१९० मिटर) मा प्राप्त भएको बताएको छ।

यो विमान दुर्घटनापछि गुजरातबाट उड्ने सबै जहाज रोकिएका छन्।

दुर्घटनाग्रस्त विमानमा गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणी पनि सवार रहेको भारतीय सञ्चारमाध्यमले जनाएको छ। 

भारतीय जनता पार्टीबाट रुपाणी सन् २०१६ देखि २०२१ सम्म गुजरातको मुख्यमन्त्री रहेका थिए।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व