नेभिगेशन
विश्व

२४२ यात्रु बोकेर उडेको एयर इन्डियाको विमान क्र्यास, गुजरातका पूर्वमुख्यमन्त्री पनि सवार थिए

काठमाडौं– २४२ यात्रु बोकेर गुजरातबाट यूकेको लन्डन उडेको एयर इन्डियाको विमान अहमावादमा क्र्यास भएको छ।
उडेको केही मिनेटमा नै जहाज दुर्घटनाग्रस्त भएको हो। 

दुर्घटनाग्रस्त विमानमा गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणी पनि सवार रहेको भारतीय सञ्चारमाध्यमले जनाएको छ। 

भारतीय जनता पार्टीबाट रुपाणी सन् २०१६ देखि २०२१ सम्म गुजरातको मुख्यमन्त्री रहेका थिए।

अहमदाबादबाट लन्डनका लागि उडान भरेको एयर इन्डियाको एआई१७१ फ्लाइट नम्बरको उडान केही मिनेटमै दुर्घटना भएको थियो। 
उक्त विमान अहमदाबादको मेघानी नगरमा दुर्घटना भएको हो।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व