नेभिगेशन
बैंक–वित्त

एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालय आफ्नै भवनमा स्थानान्तरण, सेवा थप सहज हुने दाबी

काठमाडौं -

एनआईसी एसिया बैंक लिमिटेडको कर्पोरेट कार्यालय कमलादी, काठमाडौँ–२८ स्थित आफ्नै भवनमा स्थानान्तरण भएको छ।

कमलादीस्थित नयाँ भवनमा स्थानान्तरण गरेको छ। बैंकले नेपाल राष्ट्र बैंकको स्वीकृति प्राप्त गरी विगतमा थापाथलीस्थित ट्रेड टावरमा रहेको कर्पोरेट कार्यालयबाट सेवा समेट्दै नयाँ स्थानमा स्थानान्तरण गरेको हो।

नवनिर्मित आफ्नै भवनमा वैदिक सनातन विधिअनुसार पूजा–अर्चना गर्दै २०८२ जेठ १० गते बैंक सञ्चालक समितिका अध्यक्ष तुलसीराम अग्रवालले कार्यालयको उद्घाटन गरेका छन्। उद्घाटन समारोहमा बैंक सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत लगायत उच्चपदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो।

अबदेखि बैंकको प्रमुख कार्यकारी अधिकृत, अन्य कार्यकारीहरू तथा विभिन्न विभागहरू कमलादीस्थित सोही भवनबाट सञ्चालन हुने भएका छन्। बैंकले यस स्थानान्तरणसँगै आफ्नो सेवा प्रदान गर्ने कार्य प्रणाली थप प्रभावकारी, सुविधाजनक र ग्राहकमैत्री हुने दाबी गरेको छ।

एनआईसी एशिया बैंकले आफ्नो आफ्नै भवनबाट सेवा सञ्चालन गर्न थालेपछि ग्राहकलाई भौतिक पहुँच, सेवा प्रक्रिया तथा सूचना व्यवस्थापनमा सहजता आउने विश्वास व्यक्त गरेको छ। साथै, नवीनतम प्रविधिसहितको पूर्वाधारयुक्त नयाँ भवनमा सेवा विस्तार गर्नु बैंकको दीर्घकालीन योजनाको महत्वपूर्ण हिस्सा भएको बैंकले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्