नेभिगेशन
समाज विविध
ज्योतिष विज्ञान

सुरक्षा पन्तका कुरा त्यस्तै हुन्, हृदयेन्द्र शाहको भाग्यमा छ राजयोगः यस्तो छ कुण्डली

काठमाडौं– पछिल्लो पटक ज्ञानेन्द्र शाहका नाती हृदयेन्द्रका विषयमा कलाकार सुरक्षा पन्तले दिएको बयानको पक्ष र विपक्षमा मात्र मत आएनन्, कतिपयले टिप्पणी र तर्क पनि प्रस्तुत गरे। 

पन्तको कुराको बहसले बिट मार्ने क्रम जारी छ। तर, हृदयेन्द्रको चर्चा आजको होइन। उनी जन्मिएका बखतदेखि नै केन्द्रीय राजनीतिमा बेबी किङका रुपमा तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले चर्चा चलाएका थिए। 

नेपालका कम्युनिस्टले पनि हिन्दूवादी संस्कारलाई स्वीकार गर्दै कुण्डलीमा विश्वास गर्न थालेका छन्। राजनीतिको उतारचढाव र विभिन्न विवादकाबीच अहिले राजावादीको आन्दोलन राजतन्त्रको मागसहित विविध ठाउँमा चलिरहेको पनि छ।

गणतन्त्रमा पुगिसकेको मुलुक भएका कारण त्यस्तो सम्भावना नरहेको कतिपयको दाबी रहन्छ। तर धार्मिक मान्यता र कुन्डलीका आधारमा राजतन्त्र फर्किने सम्भावनाका पात्रहरू पनि छन्।

कोइरालाको उक्त घोषणाताका हृदयेन्द्र ३ वर्षका थिए। तर, अहिले जवान भइसकेका छन्। त्यहि भएर त सुरक्षाले पनि भनेकी होलिन्,‘ह्यान्डसम हुनुहुन्छ, फिल्म खेल्दा हुन्छ।’

यस्तो विवादमा सुरक्षा ट्रोल र आलोचनामा परेपछि हृदयेन्द्रले लोकतन्त्रमा सबैको विचार राख्न पाउने अधिकार रहेको प्रतिक्रिया जनाएका थिए। 

यीनै हृदयेन्द्रबारे रोचक ज्योतिषि भविष्यवाणी थियो।

पारसपुत्र हृदयेन्द्र बाहिर निस्कँदा प्रायः कमिज सुरूवाल र नेपाली टोपीमा देखा पर्छन्।

‘उहाँमा दरबारभित्रको रहनसहन छ। दरबारले सिकाएको अनुशासनमा रहने गर्नुभएको छ’, निर्मल निवास स्रोतले भन्यो,‘मठमन्दिर भ्रमण पूजाआजामा धेरै रूची राख्नुहुन्छ। समाजसेवामा पनि लगनशिलता देखाउने बानी छ।’

धर्ममा रूची राख्ने हृदयेन्द्रका विषयमा विभिन्न ज्योतिषहरूले बलियो कुण्डली सार्वजनिक गरेका थिए। ज्योतिष पण्डित पद्मभक्त खरेलका अनुसार कृष्णपक्ष षष्ठी तिथिको अमृत समयमा जन्मिएका कारण उनको राजयोग छ। अर्थात्, राज्यको उपल्लो निकायमा उनी बस्नुपर्ने देखिन्छ। हृदयेन्द्र विस २०५९ श्रावण १४ गते (३० जुलाई २००२) मंगलबार श्रावण कृष्णपक्ष षष्ठी तिथिका दिन मध्यान्ह १२ बजेर ४९ मिनेटमा जन्मिएका थिए।

हृदयेन्द्रको जन्मलाई पृथ्वीनारायण शाहको कुन्डलीसँग दाँजेका उनले कुनै पनि स्थानमा ४ ग्रह वा त्यो भन्दा माथि हुने मान्छे पुरूषार्थ हुने ज्योतिष विज्ञानले पुष्टि गरेको दाबी गरे। पृथ्वीनारायण शाहको ६ वटा ग्रह थियो।

‘कर्मस्थानमा सूर्य, मंगल, बुध र बृहस्पति सहितका ४ बुधादित्यका कारण राज योगमा जन्म भएको छ’, खरेलले भनेका थिए,‘राजा हुने योग छ। यो शास्त्रीय प्रमाणको आधार हो।’

चन्द्रमालाई राशि स्वामीको मित्र दृष्टि पर्यो भने धनवानको योग समेत ल्याएका हृदयेन्द्रको जन्मलग्न कुण्डलीअनुसार छैठौं भावमा कृष्णापक्षको दिनको चन्द्रमा रहेकाले सबै अनिष्ठ नाश हुने शास्त्रीय प्रमाण रहेको खरेल बताउँछन्।

‘चन्द्रमा बसेको घर मीन राशि हो। मीन राशिको स्वामी बृहस्पति राज्यभावमा बसेर नवौं दृष्टिले पूर्ण देखेको हुँदा योगले राजा नभई छोड्ने छैनन् भन्छ’, खरेलले भनेका थिए।

हृदयेन्द्रको जन्मलाई पृथ्वीनारायण शाहको कुन्डलीसँग दाँजेका उनले कुनै पनि स्थानमा ४ ग्रह वा त्यो भन्दा माथि हुने मान्छे पुरूषार्थ हुने ज्योतिष विज्ञानले पुष्टि गरेको दाबी गरे। पृथ्वीनारायण शाहको ६ वटा ग्रह थियो।

‘पृथ्वीनारायण शाहले जन्मिदै एउटै घरमा ६ ग्रह लिएर जन्मिबक्सेकाले त्यो प्रबज्या योगले पुरूषार्थ गरेर देखायो। यस्तै हृदयेन्द्रकोे हकमा पनि लागू हुने देखिन्छ’, उनले भनेका थिए,‘प्रबज्या योगको प्रबल योग बनेर पनि पृथ्वीनारायण शाह एकीकरणका महापुरूष राष्ट्र निर्माता किन भए त भन्दा जन्मलग्न कुण्डलीको ६ ग्रहका साथ पञ्चमभावमा रहेको बृहस्पतिले लग्नलाई नवम पूर्ण दृष्टिले देखेको अवस्था हुँदा सबै अरिष्टहरू नाश भएर गए।’

उनले अघि थपेका थिए,‘हृदयेन्द्रको जन्म लग्न कुण्डलीको दशमभाव केन्द्र भावमा कर्कटको बृहस्पति उच्च भएर रहेको अवस्था हँुदा सबै अरिष्टहरू नाश भएका छन्। दशमभावमा रहेका ४ ग्रह मध्ये ३ ग्रह सूर्य, बुध, बृहस्पति कारक ग्रह हुन्। दशमस्थानको सूर्यले राज्यकृपा गराउँछ भने मंगलसँग बुधको युति पनि यसै घरमा भएकाले जातकलाई सुरवीर गराउँछ।’

अहिले मुलुकमा राजतन्त्रका पक्षमा जनलहर बढेका कारण धार्मिक सत्तासहित राजसंस्थाको स्थापना हुने दाबीमा छन्, राजावादीहरू। मुलुकमा गणतन्त्रले धर्म मासेको र सार्वभौमसत्ता समेत अप्ठ्यारोमा परेको उनीहरूको ठहर छ।

देशी विदेशी शक्तिले पनि नेपालमा राजसंस्थालाई नै स्वीकार गर्ने विषयमा राजावादी ढुक्क छन्। बुटबलदेखि झापासम्मका विभिन्न चरणका आन्दोलन र प्रदर्शन भइसकेका छन्। अझ केही ठाउँमा अन्तिम मंसिरसम्म ठूलो आन्दोलन हुने र यसैले राजतन्त्रको लहर फर्काउने कतिपयको बुझाई छ। 

काठमाडौंमा त हिंसात्मक हुनेगरी नै आन्दोलन भएको थियो। जसमा २ जनाको ज्यान गयो भने कयनलाई मुद्दा लगाइएको छ। त्यस मध्यका एक राप्रपा बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र पनि अहिले हिरासतमा छन्।

राप्रपालगायतका विभिन्न राजावादी संघ संस्था र आन्दोलन जनपरिचालनका नेता पनि एउटै मञ्चमा देखिए। के हृदयेन्द्रको कुण्डलीले सत्यता पाउला?

त्यो राजनीतिक विज्ञानको खेलले ज्योतिष विज्ञानलाई कति माथ गर्न सक्ला हेर्न बाँकी छ। तर, हृदयेन्द्र कुप्रि हजुरबा महेन्द्रको जस्तो उमेरमा गद्दी सम्हाल्ने अवस्थामा छन्। तर, देश राजसंस्थाभन्दा अलग रहेको अवस्थामा घटनाक्रम नियाँल्न योग्य छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध