नेभिगेशन
राजनीति

प्रधानमन्त्री ओलीले किन बोलाए सत्ता गठबन्धन दलको बैठक? विषय पेचिलो छ

काठमाडौं– नेपाल शिक्षक महासंघको आन्दोलनलगायतका विषयमा सहमति हुन नसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार सत्ता गठबन्धन दलको बैठक डाकेका छन्।

सरकार निरन्तर समस्यामा पर्ने अवस्था आएपछि सहमति जुटाउनका लागि पेचिलो स्थिति बनेका कारण बैठक डाकिएको बताइन्छ।

बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा डाकिएको हो। ११ बजेका लागि बैठक आह्वान गरिएको बताइएको छ।

बैठकमा शिक्षक आन्दोलन, सरकारको नीति तथा कार्यक्रम लगायतका विषयमा छलफल हुने छ। विषय गभर्नर नियुक्तिको पनि रहेको बालुवाटारले. जनाएको छ। 

सत्तारुढ दलहरूको बैठकले तत्काल मन्त्रिपरिषदबाट गर्न सकिने निर्णय र सरकारले पूरा गर्नसक्ने मागहरूका विषयमा आन्तरिक परामर्श गर्नेछन्।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति

मन्त्रिपरिषद् बैठक जारी