नेभिगेशन
राजनीति

मधेस क्षेत्रको सबैभन्दा ठूलो र एकीकृत समाजवादीको हैसियतभन्दा ठूलो दलको जन्म, ‘नाजपा’ घोषणा

काठमाडौं– तराई मधेस क्षेत्रको सबैभन्दा ठूलो प्रतिनिधि सभामा माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीभन्दा आकार र प्रभावमा ठूलो दल नागरिक जनमत पार्टी (नाजपा)को आज घोषणा सभा तय भएको छ।

सीके राउत नेतृत्वको जनमत र रेशमलाल चौधरी तथा रञ्जिता श्रेष्ठको नागरिक उन्मुक्ति पार्टीको मिश्रणबाट बनेको नाजपाको घोषणा हुन लागेको हो।

पार्टी एकीकरण कार्यक्रम कमलादीस्थित प्रज्ञाप्रतिष्ठानको हलमा आयोजना गरिएको छ। कार्यक्रममा पार्टीका सबै तह र संघ–संगठनलाई उपस्थितिका लागि अनुरोध गरिएको छ।

जसको अध्यक्ष जनमतका सीके राउत नै बन्नेछन् । नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ सहअध्यक्ष बन्नेछिन्। संरक्षक रेशम चौधरी नयाँ पार्टीमा पनि संरक्षककै भूमिकामा रहने सहमति भएको छ वरीयतामा भने उनी पहिलो स्थानमा हुनेछन्। त्यसपछि सीके र श्रेष्ठ रहने सहमति भएको छ।

सीके राउतको जनमत र चौधरीको नागरिक उन्मुक्ति पार्टीको प्रतिनिधि सभामा ६ र ४ गरी १० सदस्य रहनेछन्। यसअघि १२ सदस्य रहेको जनता समाजवादी पार्टीको विभाजन भएसँगै एकीकरण भएको दल मधेस क्षेत्रकै सबैभन्दा ठूलो हुनेछ। 

प्रदेश सभा र समानुपातिक मतलाई समेत आधार मान्दा यो पार्टी नेपाल नेतृत्वको एकीकृत समाजवादी भन्दा प्रभावका आधारमा ठूलो दल हो। यसकारण प्रतिनिधि सभाको छैठौं ठूलो दल मान्न सकिन्छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति

मन्त्रिपरिषद् बैठक जारी