नेभिगेशन
समाज विविध

कुबेतबाट फर्किएकी सुर्खेतकी युवती इराकमा बेचिइन्, अनि नारकीय जीवन सुरु भयो

तीन पटक अप्रेसन गरिसकेकी उनको पेटबाट आठ वटा सियो निकालिएको छ अझै तीनटा बाँकी छन्

काठमाडौं– सुर्खेतकी एक २२ बर्षिया युवती वैदेशिक रोजगारीको शिलशिलामा कुबेतमा दुख पाएर फकिइन्। अनि, उनी फेरि काम गर्नका लागि विभिन्न कारणले इराकसम्म पुगिन्। त्यसपछि उनको नारकीय जीवन सुरु भयो। अहिले न्यायका लागि प्रहरीको मानब बेचबिखन ब्यूरोमा उजुरी गरेकी छन्।

वैदेशिक रोजगारीको लागि कुबेत जान भन्दै गाउँकै एजेन्ट पञ्चलाल तामाङको सम्पर्कमा पुगिन्। एजेन्टसँगै मिलेर उनलाई नेपालबाट घरी ओमान त घरी कुबेत लैजाने भन्दै अन्ततः उनलाई इराकमा बिक्री गरियो। तस्करहरूको फन्दामा पुगेकी अनिताले इराकमा चरम यातना भोगिन्। उनीमाथि श्रमशोषण, यौनशोषण तथा घरेलु हिंसासमेत भएको छ। 

तस्करको फन्दामा परेकी ती युवती २०८० को जेठमा इराक पुगेको प्रहरीमा जानकारी आएको छ। २०८० जेठको १३ गते घरेलु कामदारका लागि नेपालबाट दुबईका लागि उडेकी युवतीलाई दुबईमा बस्ने आशाकाजी तामाङ लिन आएका थिए। एक हप्ता दुबईमा नै राखी उनले युवतीलाई इराकको बग्दादमा लगेको विवरण प्रहरीलाई प्राप्त उजुरीमा छ।

घरमा बुवाआमा र एक भाइमात्रै रहेको अनितामा घरको सबै जिम्मेवारी थियो। निम्नवर्गीय परिवारकी उनी इराक जानुअघि पनि कुबेत पुगी सात महिना बसेर फर्किएकी थिइन्। 

कुबेतको बसाइ पनि उनको सुखद भएन, न त पैसा कमाउन सकिन् न त राम्रो काम नै पाइन्। त्यहाँ पनि श्रम शोषणमा परेपछि ७ महिना बसेर फर्किएकी थिइन्। त्यसपछि उनी पुनः विदेश जानका लागि एजेन्टको खोजीमा थिइन्। 

दुबईमा रहेको एजेन्टको सहयोगमा इराकको बग्दाद लगिएकी फ् हच्चिफा आतले भन्ने इराकी नागरिकको घरमा लगियो। 

अनि सुरु भयो युवतीको नारकीय जीवन। ति युवतीलालाई ६ हजार डलरमा किनेको भन्दै चौबिसैघण्टै श्रम शोषण गर्न थाले। घरमा मात्रै नभएर उनको छोरीको घरमा, कहिले आफन्तको घरमा समेत काममा पठाउँथे। अन्य ठाउँमा काममा पठाएर आएको पैसा हच्चिफा आफैंले लिने गर्थे। युवतीले उक्त स्थानमा न त कुनै पारिश्रमिक पाइन् न त पेटभरि खान नै पाइन्। 

घर तथा आफन्तसँग १ लाख ४० हजार रुपैयाँ ऋण मागेर इराक पठाएपछि नेपाल फर्कन पाएकी युवती अहिले न्यायको खोजीमा प्रहरीकहाँ पुगेकी हुन्

युवतीलाई यातना दिने क्रममा उनको शरीरमा तिखो सुईजस्तो सियोले घोचिएको छ। नेपाल आएर तीन पटक अप्रेसन गरिसकेकी उनको पेटबाट आठ वटा सियो निकालिसकेको छ। अझै तीन वटा सियो निकाल्न बाँकी नै रहेको छ। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

दुई दिनसम्म पानी पर्ने सम्भावना