नेभिगेशन
सुरक्षा–अपराध

सिन्धुलीबाट १८९ किलो गाँजासहित एक जना पक्राउ

काठमाडौं- सिन्धुलीबाट प्रहरीले १८९ किलोग्राम गाँजा बोकेको पिकअप गाडीसहित चालकलाई नियन्त्रणमा लिएको छ।

चितवनको गितारनगरका शेरबहादुर लामालाई सिन्धुलीको कमलामाई नगरपालिका-९ स्थित चेकपोष्टमा जाँच गर्ने क्रममा पक्राउ गरिएको प्रहरीको भनाइ छ। 

शुक्रबार राति बाप्र०३-००१ च२२८० नम्बरको पिकअप गाडीमा लुकाइराखेको गाँजासहित लामालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ।

गाडी चितवनबाट हेटौंडा-सिन्धुली हुँदै बर्दिबासतर्फ गइरहेको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध