नेभिगेशन
सुरक्षा–अपराध

जहाजभित्र बसेर उड्नै लागेका रवि लामिछाने फेरि किन पोखरा विमानस्थलको प्रतिक्षालयमा फर्किए?

काठमाडौं– बुद्ध एयरको जहाजबाट रुपन्देहीका लागि उड्न लागेका रास्वपा सभापति रवि लामिछाने एक घन्टा बसेर फेरि पोखरा विमानस्थलको प्रतिक्षालयमा फर्किएका छन्।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट रुपन्देही प्रहरी र जिल्ला सरकारी वकिलको कार्यालयमा सुप्रिम सहकारी ठगी प्रकरणको बयानका लागि लामिछानेलाई लग्न जहाजमा राखिएको थियो। 

तर भैरहवाको भिजिबिलिटी नभएपछि जहाज डिले भयो। जहाजभित्र एक घन्टा बसेपछि रेस्टका निम्ति फेरि प्रतिक्षालयमा जाने रविको चाहनाअनुसार नै राखिएको प्रहरीले जनाएको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध