नेभिगेशन
समाज विविध

UPDATE : सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा अहिलेसम्म १६ शव निकालियो

काठमाडौं– त्रिभुवन विमानस्थलबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको छ। 

बुधबार बिहान दुर्घटना भएको जहाजमा कति यात्रु थिए भन्ने यकिन नभए पनि १६ जनाको शव निकालिएको उच्च स्रोतले जानकारी दिएको छ। 

विमानस्थलमा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ। 

बिहान एक जनाको उद्धार गरिए पनि अझ कति जना हुन्छन् भन्ने यकिन हुन नसकेको बताइन्छ।

उद्धार कार्यमा नेपाली सेनाका दुई टोलीका ११५ जना खटिएका छन्। विमानस्थलमा रहेको क्विक रेस्क्यु टोली र बम डिस्पोजल टोली गरी उक्त संख्यामा नेपाली सेना उद्धारमा खटिएको प्रवक्ता सहायक रथी गौरवकुमार केसीले क्यानडानेपाललाई बताए।  
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध