नेभिगेशन
समाज विविध

पुराना दलसँग लसपस गरिरहे रास्वपा पनि हराउँछ : डा. बाबुराम भट्टराई

काठमाडौँ- नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले पुराना दलहरूसँग लसपस गरिरहे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि हराएर जान सक्ने बताएका छन् ।

शुक्रबार रास्वपा स्थापना दिवसको अवसरमा आयोजित चियापान समारोहमा बोल्दै भट्टराईले पुराना दलसँगको सहकार्यलाई तत्कालीन कार्यनीतिको रूपमा मात्रै लिनुपर्ने सुझाव दिए ।उनले भने, ‘वैकल्पिक नयाँ शक्तिहरूसँग सहकार्य गरेर देशलाई विकल्प दिनका लागि रणनीति बनाउनुपर्छ । यसैगरी पुराना शक्तिहरूसँग बढी नै लसपस गर्न थालियो भने त्यसले नोक्सान गर्ने र हराउने खतरा हुन्छ ।’

भट्टराईले रास्वपाको दुई वर्षे उमेरमा गरेको काम सन्तोषजनक रहेको प्रतिक्रिया दिए । उनले भने, ‘राम्रो प्रगति गरिरहनुभएको छ । अझै प्रगति गर्नुस् । खाली एउटै सुझाव छ–अब पुराना दलसँगको सहकार्यलाई तत्कालीन कार्यनीतिको रूपमा मात्रै लिनुपर्छ ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध