लगानी सम्मेलनका लागि ८ करोड छुट्याएकोमा ७१ लाखमात्र खर्च

बुधबार, वैशाख २६, २०८१

काठमाडौँ- वैशाख १६-१७ गते सम्पन्न तेस्रो लगानी सम्मेलनमा ७१ लाख खर्च भएको छ । सम्मेलनका लागि सरकारले ८ करोड बजेट छुट्याएकोमा ७१ लाख खर्च भएको लगानी बोर्डले जनाएको छ ।

समय अभावले खर्च कम भएको बताइएको छ । छोटो समय भएकाले सार्वजनिक खरिद नभएको साथै सम्मेलनमा प्रयोग भएको कोक-फेन्टालगायतका पेय पदार्थ निजी कम्पनीलाई व्यवस्थापन गर्न लगाइएको बोर्डको भनाई छ ।

लगानी सम्मेलनको तयारी पूरा नभएको भनेर प्रश्न उठिरहेको बेला बोर्डले समय अपुग भएर सार्वजनिक खरिद अनुसार समान किन्न नसकिएको बताएको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  १४:०७
प्रतिक्रिया दिनुहोस्